News

सीमामा चेकपोष्ट थप गर्ने सरकारको निर्णय

सीमामा चेकपोष्ट थप गर्ने सरकारको निर्णय

काठमाडौं – सरकारले नेपाल–भारतको सीमा क्षेत्रमा सशस्त्र चेकपोष्ट थप गर्ने निर्णय गरेको छ।

बिहीबार सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्‍मेलनमा बोल्दै सरकारका प्रवक्ता एवं सञ्‍चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले भने, ‘सरकारले नेपाल भारत सीमामा थप ११४ वटा चेकपोस्ट राख्‍ने जानकारी गराउनु चाहन्छु।’

यसअघि सीमामा १०७ वटा सशस्त्रको चेकपोष्ट थिए। चेकपोष्ट थप गरिएसँगै अब २२१ वटा चेकपोष्ट हुनेछन्। यस्तै मन्त्री बाँस्कोटाले मिडियाहरुलाई तथ्‍यहीन र एकतर्फी समाचार प्रकाशन गरेर आफ्नै कारणले आफैँ अविश्वसनीय नबन्‍न आग्रह गरेका छन्।
 

विशेष