News

दर्शक नभए पनि भाषण ठोक्छन् मन्त्री!

दर्शक नभए पनि भाषण ठोक्छन् मन्त्री!

काठमाडाैँ –पछिल्लो समय नेतादेखि मन्त्रीहरु सञ्चार माध्यममा स्थान पाउनकै लागि सानो सानो कार्यक्रममा जान थालेका छन्। कुनै कुनै कार्यक्रममा दर्शक नभए पनि नेतादेखि मन्त्रीहरु भाषण गरी नै रहेका हुन्छन्। 

सोही क्रममा मंगलबार विराटनगरमा शुरु भएको जुत्ता चप्पल व्यापार मेलामा प्रदेश १ का पर्यटन, उद्योग वन तथा वातावरण मन्त्री जगदीश कुसियत प्रमुख अतिथि र विराटनगरका नगरप्रमुख भीम पराजुली अतिथि रहेको कार्यक्रममा यस्तै देखियो।

पत्रकार तिर्थ कोइराललाले समाजिक संजाल मार्फत सोही कार्यक्रमलाई केन्द्रित गरी आफ्नो भनाइ राखेका छन्।

उनले भनेका छन्, 'प्रदेश १ का पर्यटन, उद्याेग वन तथा वातावरण मन्त्री जगदीश कुसियत प्रमुख अतिथि र विराटनगरका नगरप्रमुख भीम पराजुली अतिथि। वक्ता बाेलि नसक्दै सबै उठिसकेका थिए। ६ जना वक्ता २० जना श्रोता त्यसमा पनि पत्रकार । सुन्ने चासो कसैलाई थिएन। मंगलबार विराटनगरमा शुरु भएको जुत्ता चप्पल व्यापार मेलाको उद्घाटन कार्यक्रम।हैन नेता,मन्त्री नैं लानु किन ? जानेले नबुझि जानु किन ? औपचारिकता भए पुगेर लम्वेतान जुत्तापुराणको भाषण गर्नु किन ? कार्यक्रम सकिन लाग्दाको यो दृष्य । यसलाई भन्छन् हरि विजोक !'

विशेष