News

सुनकोशीमा हाम फालेर महिला बेपत्ता

सुनकोशीमा हाम फालेर महिला बेपत्ता

उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिका–२ ज्यामिरेकी ४० बर्षीय कुम्भकुमारी कार्की, सुनकोशीमा हामफालेर बेपत्ता भएकी छिन् ।

मंगलवार बिहान ११ बजे कार्की सुनकोशीमा हामफालेर बेपत्ता भएको ईलाका प्रहरी कार्यालय लिम्चुङबुङले जनाएका छन ।

घटना लगतै प्रहरी टोली खटि गई स्थानीयबासी समेतको सहयोगमा खोजतलास भई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । के कारणले सुनकोशीमा हाम फालेका हुन भनि आवश्यक अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

महिला बेपत्ता

विशेष