News

अब सैनिक अस्पतालबाटै हेमोडाइलासिससहित अन्य रोग उपचार हुने

अब सैनिक अस्पतालबाटै हेमोडाइलासिससहित अन्य रोग उपचार हुने

 काठमाडौँ। काठमाडौं महानगरपालिका र नेपाली सेनाबीच हेमोडाइलासिससहित अन्य रोग उपचार र नियमित स्वास्थ्य परीक्षण विषयमा सम्झौता भएको छ ।

सम्झौतासँगै छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालबाट महानगरवासीका ज्येष्ठ नागरिकका लागि ओपिडि, आपतकालीन र हेमोडाइलासिस सेवा सञ्चालन गर्ने पाँच वर्षे सम्झौता भएको हो ।

सैनिक मुख्यालयमा बुधबार आयोजित कार्यक्रमबीच महानगर प्रमुख विद्यासुन्दर शाक्य र प्रधानसेनापति पूर्णचन्द्र थापाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । शाक्यले सहरी सेवा व्यवस्थापन, स्वास्थ्य र शिक्षा क्षेत्र प्रवर्धनका लागि महानगरले अघि बढाएको साझेदारी नीतिअनुसार सेनासँग सम्झौता गरिएको बताए । ‘यसअघि हामीले सहरी सुरक्षाका लागि नेपाल प्रहरीसँग पनि सम्झौता गरिसकेका छौं,’ उनले भने ।

नेपाली सेनासँग यसअघि वृक्षरोपण गरी हरियाली प्रवर्धन साझेदारी भइसकेको छ । सेनाले पहिलोपटक भवन बनाउन महानगरबाट नक्सा स्वीकृतिसमेत लिएको छ । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।  

वीरेन्द्र सैनिक अस्पताल

विशेष