News

आखिर के कारणले समुन्द्रको पानी नुनिलो भयो त ? जान्नुहोस धार्मिक कारण

आखिर के कारणले समुन्द्रको पानी नुनिलो भयो त ? जान्नुहोस धार्मिक कारण

समुन्द्रको पानी नुनिलो हुन्छ यो कुरा सबैलाई थाहा छ ।  यसको पछाडी बैज्ञानिकसंगै पौराणिक कारण पनि जोडिएको छ।  पौराणिक ग्रन्थका अनुसार समुन्द्रको पानी पहिलेदेखि नै नुनिलो थिएन, समुन्द्रको पानी पहिले दुधजस्तै सेतो स्वादिलो थियो तर आजभोलि मानिसहरु समुन्द्रको पानी खान त मुख लगाउन पनि घिन मान्छन ।  

जान्नुहोस यसको पछाडिको पौराणिक धार्मिक कारण 

शिव महापुराणका अनुसार माता पार्वतीले भगवान शिवलाईलाई पाउनका लागि बर्षौंसम्मकठोर तपस्या गरेकी थिइन् ।  जसलाई देखेर तिनै लोक भयभित भई यस समस्याको समाधान निकाल्ने प्रयास गर्न थाले ।  यसै क्रममा समुन्द्रको देवता पार्वतीको रुप देखेर मोहित हुन लागे ।  

जसरी माता पार्वतीको तपस्या पुरा भयो त्यसैगरि समुन्द्र देवताले पार्वतीलाई विवाहको प्रस्ताव राखे, समुन्द्रको कुरा सुनेर पार्वतीले 'म पहिले नै भगवान शंकरको भईसके र अब कसैको पनि हुन सक्दिन', पार्वतीको कुराले क्रोधित भई समुन्द्रले भगवान शिवको बारेमा नानाथरी भन्न थाले।  समुन्द्र देवताले माता पार्वतीसँग भने' त्यो भस्मधारी आदिवासीमा त्यस्तो के छ जुन ममा छैन, म सबै मनुष्यको प्यास बुझ्न सक्छु र मेरो चरित्र पनि पानी झैँ निश्चल छ, हे पार्वती मसँग विवाह गर र समुन्दरको रानी होउ'

समुन्द्रको मुखबाट भगवान शिवको लागि अपशब्द निस्केकाले माता पार्वतीले क्रोधित भई समुन्द्रलाई श्राप दिन लागिन 'जुन पानीको स्वादप्रति तेरो अभिमान छ नि त्यो पानी नुनिलो होस् र कसैले पनि आजदेखि खान त के ग्रहण पनि नगरोस।  यसै श्रापको प्रभावले समुन्द्रको पानी ग्रहणयोग्य नभएको हो।  

 

 

समुन्द्रको पानी नुलिलो धार्मिक कारण

विशेष