News

कार्यालय प्रमुखलाई मुख्यमन्त्री शाहीको निर्देशनः ‘तालिका बनाएर काम गर्नुस्’

कार्यालय प्रमुखलाई मुख्यमन्त्री शाहीको निर्देशनः ‘तालिका बनाएर काम गर्नुस्’

सुर्खेतः कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बजेटको प्रभावकारी कार्यान्वयन गर्न समयसीमामा बनाई काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । आज प्रदेश सरकार मातहतका जिल्लास्थित कार्यालय प्रमुख र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई कालिकोटमा निर्देशन दिँदै उनले कार्यक्रमको प्रभावकारी कार्यान्वयनले मात्र आर्थिक समृद्धि हासिल हुने र जनताको जीवनस्तर माथि उठ्ने बताए । 

सो अवसरमा उनले ‘छोरी सुरक्षा’ कार्यक्रमको शुभारम्भ र विभिन्न विकास योजनाको अनुगमन समेत गरेका छन् । ‘विकास योजना, कार्यक्रम र बजेट कार्यान्वयनको बलियो अङ्ग भनेकै स्थायी संयन्त्र कर्मचारी हो’ मुख्यमन्त्री शाहीले भने, ‘तसर्थ सरकारले ल्याएको नीति, बजेट तथा कार्यक्रम कार्यसूची बनाएर तालिका अनुसार काममा निर्वाध लाग्नुहोस् ।’

कर्णालीको भौगोलिकता विकटता, जनशक्ति अभाव बजेट कार्यान्वयनको प्रमुख चुनौती भएको भन्दै जनशक्ति त्यसको व्यवस्थापनमा प्रदेश सरकार लागिपरेको उनले जानकारी दिए । मुख्यमन्त्री शाहीले कालीकोटका स्थानीय तहका प्रमुख उपप्रमुख÷अध्यक्ष उपाध्यक्षलाई राखेर सङ्घीयता र जनताको

मर्मअनुसार विकास योजनाको प्रभावकारी कार्यान्वयन र भ्रष्टाचार न्यूनीकरणमा केन्द्रित हुन सुझाए । संविधान, सङ्घीयताको मर्म र जनअपेक्षाअनुसार विकास हुन नसकेको भन्दै उनले सबै तहका सरकारले जनतालाई अनुभूति हुनेगरी काम गर्न आग्रह गरे । 

सुर्खेत महेन्द्रबहादुर शाही कर्णाली प्रदेश कर्मचारी

विशेष