News

चन्द्रागिरी नगरपालिकाको कार्यालयमा तालाबन्दी 

चन्द्रागिरी नगरपालिकाको कार्यालयमा तालाबन्दी 

काठमाडौँ । चन्द्रागिरी नगरपालिकाका क्षेत्रमा सञ्चालित ईंट्टा उद्योगहरु हटाउन माग गर्दै स्थानीयहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । ईंट्टाभट्टा पीडित मूल संघर्ष समिति गठन गरेर आन्दोलनमा उत्रिएका स्थानीयले विहीबार नगरपालिका कार्यालयमा तालाबन्दी गरेका हुन् ।

ईंट्टा भट्टाका कारण आफूहरुको स्वास्थ्यमा गम्भीर असर परेको र यसको सुनुवाई गर्न माग गर्दै आन्दोलित हुनुपरेको संयोजक मुकुन्द घिमिरेले नेपाल आजलाई जानकारी दिए । चन्द्रागिरी नगर क्षेत्रमा सञ्चालित सबै ईंट्टा भट्टा हटाउनु पर्ने माग गर्दैं मंगलबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका थिए ।

०७२ सालदेखि हटाउन माग गर्दै आएपनि अहिलेसम्म नहटाइएकोले फेरी आन्दोलन गर्नुपरेको उनको गुनासो छ । ‘सर्बोच्चले ०७२ सालमैँ हटाउन भनेपनि नगरप्रमुखसहितको मिलेमतोमा इटाभट्टा हटाउन विरोध गरेका हौँ ।

विशेष