News राजनीति

भोलिदेखि हिउँदे अधिवेशन : श्रीमतीलाई उपसभामुख बनाउन आग्रह

भोलिदेखि हिउँदे अधिवेशन : श्रीमतीलाई उपसभामुख बनाउन आग्रह

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मशालका महामन्त्री मोहनविक्रम सिंहले आफ्नी कान्छी पत्नी दुर्गा पौडेललाई उपसभामुख वा मन्त्री बनाउन सत्तारुढ दलका अध्यक्ष पुष्पकमल दाहालसँग आग्रह गरेका छन् ।

नेता सिंहले दाहालसँगको भेटमा पौडेललाई उपसभामुख बनाउन आग्रह गरेका हुन् । नेकपा निकट उच्च स्रोतका अनुसार उपसभामुख बनाउन नमिल्ने भएमा मन्त्री सम्म भएपनि बनाइदिन आग्रह गरेका छन् । पौडेलले तत्कालीन एमालेको समर्थनमा प्यूठानबाट प्रतिनिधि सभामा विजयी भएर आएकी थिइन् । पौडेल प्रतिनिधि सभामा स्वतन्त्र सांसदको हैसियतमा छिन् ।

सभामुख पदका लागि नेकपाको व्यक्ति छनोट भएमा उपसभामुख भने नेकपाले लिन नपाउने संवैधानिक व्यवस्था रहेको छ । यसकारण उपसभामुखमा सिंहले आफ्नो श्रीमती उपयुक्त हुने नेकपाका अध्यक्ष दाहालसँग आग्रह गरेका छन् । संसदको अधिवेशन पुस ४ गतेबाट शुरु हुँदैछ । त्यसैले सभामुख र उपसभामुखका लागि दौडधूप चलेको छ ।

विशेष