२ लाख घूससहित वडाध्यक्ष पक्राउ
पुस – काठमाडौँ — सेवाग्राहीसँग २ लाख रुपैयाँ घूस लिएको आरोपमा नवलपरासी एक वडाध्यक्ष पक्राउ परेका छन्। रामग्राम नगरपालिका–१८ का वडाध्यक्ष गोपाल डिस्वा मगरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।
आयोगको बुटवल कार्यालयको टोलीले वडाध्यक्ष मगरलाई बिहीबार उनकै वडामा रहेको होली चाइल्ड स्कुल नजिकबाट नियन्त्रणमा लिएको प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए।
सेवाग्राहीको नाता प्रमाणित, घरगोठ बाटो प्रमाणित र सेवा टहल तथा औषधि उपचारको सिफारिस गरिदिने प्रयोजनका लागि बिनारसिद २ लाख लिएको र रसिद माग्दा नदिएको भन्ने निवेदनका आधारमा नियन्त्रणमा लिइएको कोइरालाले बताए।
वडाध्यक्ष मगरसँग मिलेमतो गरेको आरोपमा लेखनदास रवीन्द्रप्रसाद यादवलाई पनि नियन्त्रणमा लिइएको विज्ञप्तिमा उल्लेख छ। यादवलाई मालपोत कार्यालय नवलपरासी (बर्दघाट, सुस्ता पश्चिम) जाने बाटोबाट नियन्त्रणमा लिएइको हो । उनीहरुमाथि अनुसन्धान भइरहेकोप्रवक्ताकोइरालाले बताए।