News

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (साउनदेखि कार्तिककाेसम्मकाे तथ्यांक) 

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (साउनदेखि कार्तिककाेसम्मकाे तथ्यांक) 

काठमाडाैँ  – राष्ट्र बैंककाे बै‌ंक अनुसन्धान विभागले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितीकाे प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७६/७७ को चार महिनाको तथ्याङ्कमा आधारित रहेर उक्त प्रतिवेदन सार्वजनिक गरेको हाे ।

राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/७७ को चार महिना अर्थात साउनदेखि कार्तिक मसान्तसम्मको तथ्यांकमा आधारित आर्थिक तथा वित्तीय स्थितीको प्रतिवेदन सार्वजनिक गरेको हाे ।

राष्ट्र बैकले मुद्रास्फीति, बाह्य क्षेत्र, सरकारी वित्त स्थिति, मौद्रिक स्थिति र पुँजी बजारलाई आधार मानेर उक्त प्रतिवेदन सार्वजनिक गरेकाे हाे। 

सार्वजनिक प्रतिवेदनअनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५.७६ प्रतिशत रहेको छ भने चार महिनाको औसत मुद्रास्फीति ६.२७ प्रतिशत रहेको छ । त्यस्तै आयात ६.९ प्रतिशतले घटेको छ भने निर्यात २३.९ प्रतिशतले बढेको छ । 

सार्वजनिक प्रतिवेदनअनुसार विप्रेषण आप्रवाह २.३ प्रतिशतले घटेको छ भने शोधनान्तर स्थिति २७ अर्ब २९ करोडले बचतमा छ ।

त्यसैगरी कुल विदेशी विनिमय सञ्चिति १ हजार १ सय ३ अर्ब १२ करोड कायम भएको छ । उक्त सञ्चिति ८.७ महिनाको वस्तु
तथा सेवा आयात धान्न पुग्ने देखिएकाे प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै संघीय सरकारको बैंकिङ्ग कारोबारमा आधारित खर्च २ सय १९ अर्ब १७ करोड र राजस्व परिचालन २ सय ७५ अर्ब २ करोड छ ।

त्यसैगरी विस्तृत मुद्राप्रदाय ३.१ प्रतिशतले बढ्नुका साथै वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय पनि १५.४ प्रतिशतले बढेको
छ ।

त्यस्तै बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ३.१ प्रतिशतले र निजी क्षेत्रतर्फको कर्जा ५.० प्रतिशतले बढेको छ भने वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १७.४ प्रतिशत र कर्जाको वृद्धिदर १५.६ प्रतिशत रहेकाे प्रतिवेदनमा उल्लेख छ।

राष्ट्र बैंकले जारी गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थिती जस्ताको तस्तै यहाँ प्रस्तुत गरिन्छः 

 

 

 

विशेष