मन्त्रीबाट निकालिएपछि मात्रिका यादव प्रचण्डपत्नीको स्याहारमामन्त्रीबाट निकालिएपछि मात्रिका यादव प्रचण्डपत्नीको स्याहारमा
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाल उपचारका लागि बाबा रामदेवको आश्रम पुगेकी छिन । भारतको हरिद्धारमा रहेको पतञ्जली योगपीठमा सीता उपचारका लागि पुगेकी हुन् ।
प्रचण्डकी छोरी गंगा दाहालले सामाजिक सञ्जालमा तस्वीरहरु सार्वजनिक गर्दै आमाको उपचारबारे जानकारी गराएकी छिन् । प्रचण्ड परिवारसँग पूर्वमन्त्री मातृका यादव पनि पुगेका छन् ।
प्रचण्ड पत्नी सीता लामो समयदेखि बिरामी छिन् । उनको उपचार अमेरिकादेखि सिंगापुरमा पनि गरिएको थियो । तर सञ्चो नभएपछि हरिद्धार लगिएको हो ।