News

प्रतिनिधिसभाको बैठक पुस ११ गते बस्ने

प्रतिनिधिसभाको बैठक पुस ११ गते बस्ने

काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक आगामी पुस ११ गते बस्ने भएको छ ।शुक्रबार उपसभामुख शिवमाया तुम्बाहाङफेले राष्ट्रपति कार्यालयको पत्र पढेर र शोक प्रस्ताव पारित गर्दै आगामी पुस ११ गते बैठक बस्ने जानकारी दिएकी हुन्।

बैठकमा पूर्वसांसद रामेश्वरप्रसाद ढुंगेलको निधनमा शोक प्रस्ताव पारित गरिएको हो । नेपाली कांग्रेसका भक्तपुरका नेतासमेत रहेका संविधानसभा सदस्य ढुंगेलको मंगलबार राति निधन भएको थियो ।

आजको प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपसभामुख शिवमाया तुम्बाहाङफेले गरेकी थिइन्। तत्कालीन सभामुख कृष्णबहादुर महरालाई जबरजस्ती करणीको अभियोग लागेपछि असोज १३ गतेदेखि सभामुख पद रिक्त छ।

विशेष