News

'सभामुख र उपसभामुखमा समाजवादीको दाबी छैन'

'सभामुख र उपसभामुखमा समाजवादीको दाबी छैन'

४ पुस, काठमाडौं । सत्ता साझेदार दल समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिनिधिसभाको सभामुख र उपसभामुख दुवैमा आफ्नो पार्टीको दाबी नरहेको बताएका छन् ।

‘बहुमत प्राप्त नेकपाको नेतृत्वमा सरकार भएको हुनाले उहाँहरुले जे चाहनुभयो त्यही हुन्छ । त्यसकारण हाम्रो कुनै दाबी छैन्,’ शुक्रबार नयाँ बानेश्वर परिसरमा पत्रकारहरुसँग कुरा गर्दै डा. भट्टराईले भने । हाल सभामुखको पद रिक्त छ । उपसभामुखमा नेकपाकै प्रतिनिधि शिवमाया तुम्बाहाम्फे छन् । सभामुख र उपसभामुख दुवै एकै दलका प्रतिनिधि रहन नहुने संवैधानिक व्यवस्था अनुसार दुवै पदमा निर्वाचन गराउने तयारी नेकपाको रहेको छ ।

यस्तै अध्यक्ष भट्टराईले सरकारमा रहने वा नरहनेबारे पार्टीले छिट्टै निर्णय लिने पनि बताएका छन् ।‘हामी टेक्निकल्ली सरकारमा छौं । संविधान संशोधन गर्ने भनेर शसर्त सरकारमा गएका हौं तर, यसमा उहाँहरुले चासो देखाइरहनुभएको छैन् । अब अन्तिम पटक उहाँहरुसँग कुरा गछौर्ं र सरकारमा रहने नरहनेबारे निर्णय गछौर्ं,’ उनले भने ।

विशेष