News

मन्त्रीबाट निकालिएपछि मात्रिका यादव प्रचण्ड पत्नीको स्याहारमा

मन्त्रीबाट निकालिएपछि मात्रिका यादव प्रचण्ड पत्नीको स्याहारमा

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता मात्रिका यादव मन्त्री पदबाट निकालिएपछि प्रचण्डपत्नीको स्याहारमा जुटेका छन्। नेकपाअध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल उपचारका लागि हरिद्वार पुगेकी छन् । हरिद्वारमा रहेको पतञ्जली योगपिठ आयुर्वेदिक उपचारका लागि पुगेको छोरी गंगा दाहालले जानकारी दिइन् । साेही क्रममा मात्रिका यादव  पनि स्याहार गर्नैका लागि पुगेका छन्।

उनले योगपिठमा बाबा रामदेव र आचार्य बालकृष्णसँग भेट गरेकी छन् । सामाजिक सञ्जालमार्फत् छोरी गंगाले रामदेव र बालकृष्णसँगको भेटका तस्बिर सार्वजनिक गरेकी छन् । सीता नेकपा नेता मातृका यादव, छोरी गंगासहित हरिद्वार पुगेकी हुन् ।

‘ममीको आयुर्वेदिक उपचारका लागि हरिद्वारस्थित पतन्जली योगपिठमा बाबा रामदेव अनि आचार्य बालकृष्णसँगै हामी’, गंगाले तस्बिर सार्वजनिक गर्दै फेसबुकमा लेखेकी छन् ।सीता लामो समयदेखि बिरामी छन् । उनको उपचार स्वदेश तथा विदेशमा निरन्तर भइरहेको भए पनि सुधार हुन सकेको छैन । छोरा प्रकाश दाहालको निधनपछि भने उनी हिडडुल गर्नसमेत नसक्ने अवस्थामा छन् ।

हिड्नका लागि उनलाई सहयोग अनिवार्य भएको छ ।२०७५ असोज १० मा प्रचण्डले सीतालाई सिंगापुर लगेका थिए। रोग निदानकै लागि प्रचण्डले गत कात्तिक २६ मा सीतालाई म्याग्दीको तातोपानीमा नुहाउन लगेका थिए। तर लामो समयदेखि उपचार गराए पनि पार्किन्सनले थलिएकी दाहाल पत्नी सीता भने स्वास्थ्य हुन सकेकी छैनन्।

। 

विशेष