पेप्सी उत्पादक वरुण वेभरेजको ठगीधन्दा: ६४ करोड ९६ लाख कर छली
काठमाडौँ। ६४ करोड ९६ लाख कर छली गरेको भन्दै राजस्व अनुसन्धान विभागले पेप्सी उत्पादक वरुण वेभरेज सञ्चालकविरुद्ध मुद्दा दायर गरेको छ । विभागका अनुसार वरुणले योजनाबद्ध किसिमले राजस्व छली गरी राज्यकोषमा आउनुपर्ने करोडौं रुपैयाँ ठगी गरेको हो ।
विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार वरुणले नक्कली बिल प्रयोग गरी मूल्य अभिवृद्धि तथा आयकर छली गरेकाले त्यसविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो । विभागले मुद्दा दायर गरेसँगै वरुणको कालोधन्दा छरपस्ट भएको छ ।
विभागले वरुणविरुद्ध ६४ करोड बिगो र त्यसको दोब्बर जरिवानासहित १ अर्ब ९४ करोड रुपैयाँ जरिमाना हुनुपर्ने ठहरसहित सञ्चालकविरुद्ध ३ वर्षसम्मको कैद सजाय माग गर्दै मुद्दा दायर गरेको छ । यो समाचार राज्धादी दैनिकबाट लिइएको हो।
वरुण वेभरेज