News

पुष १० गते झन्डै ३ घण्टा खण्डग्रास सूर्यग्रहण लाग्ने

पुष १० गते झन्डै ३ घण्टा खण्डग्रास सूर्यग्रहण लाग्ने

काठमाडौँ।  पुस १० गते बिहीबार बिहान २ घन्टा ४९ मिनेट लामो खण्डग्रास सूर्यग्रहण लाग्दैछ।

यो ग्रहण नेपाली समयअनुसार बिहान ८ बजेर ४२ मिनेटमा सुरू भई १० बजेर १ मिनेटमा सकिनेछ। खण्डग्रास सूर्यग्रहण अधिकतम् भएको बेला काठमाडौंबाट ४८ प्रतिशत कालो सूर्य देखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिएका छन ।

‘मौसम अनुकुल भए, बादल नलागे काठमाडौंबाट ४८ प्रतिशत कालो सूर्य देखिन्छ’, भट्टराईले भने। यो ग्रहण नेपाल, भारत, श्रीलंकालगायत एसियाका सबै राष्ट्र तथा उत्तरपश्चिम अष्ट्रेलिया, पूर्वी अफ्रीकालगायत स्थानबाट देख्न सकिनेछ।  ।

भारत, सिंगापुर, श्रीलंका, मलेसियालगायत ठाउँबाट भने रिङ अफ फायरका रूपमा देखिनेछ। रिङ अफ फायरमा पूरै चन्द्रमाले सूर्यलाई ढाक्ने तर त्यसको वरिपरिबाट प्रकाश देखिन्छ। यो खालको ग्रहण भने निक्कै दुर्लभ मानिएको छ। ग्रहण लाग्दा रिङ अफ फायर भने प्रायजसो बीचको समयमा देखिने सोसाइटीले जनाएको छ।

खण्डग्रास ग्रहणलाई नाङ्गो आँखाले नहेर्न पनि सचेत गराइएको छ।

 

खण्डग्रास सूर्यग्रहण

विशेष