News

आजको मौसम: हिमाली क्षेत्रमा हिमपात र पश्चिमी क्षेत्रमा हल्का वर्षा

आजको मौसम: हिमाली क्षेत्रमा हिमपात र पश्चिमी क्षेत्रमा हल्का वर्षा

काठमाडौँ। आज पश्चिमी भेगका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात हुने र पश्चिमी भूभागहरुका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

बिहानीपख भने देशका मध्य तथा पूर्वी तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ । यसैगरी, पश्चिमी भूभागका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली भइरहेको छ । 

साथै, राति देशभर आंशिक देखि सामान्य वदली रहनेछ । पश्चिम भेगका उच्च पहाडि र हिमाली भूभागमा हल्का देखि मध्यम हिमपात र पश्चिमी पहाडि भूभागका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।  

मौसम

विशेष