विदेश

भारतमा नागरिकता संसोधन विरोधमा उत्रिएका ३ प्रदर्शनकारीको मृत्यु

भारतमा नागरिकता संसोधन विरोधमा उत्रिएका ३ प्रदर्शनकारीको मृत्यु

नयाँ दिल्ली। नागरिकता संशोधन ऐनको विरोध प्रदर्शनका क्रममा भारतमा तीन प्रदर्शनकारीको मृत्यु भएको छ । बिहीबार कर्नाटकको मंगलरुमा प्रहरीको गोली लागेर २ जनाको मृत्यु भएको हो । त्यस्तै, उत्तर प्रदेशको लखनउमा एक प्रदर्शनकारीको मृत्यु भएको बीबीसीले लेखेको छ ।  

नागरिकता संशोधन कानुनको विरोधमा बिहीबार देशभर प्रदर्शन भएको थियो। केही ठाउँमा प्रदर्शन हिंसात्मक पनि बनेको थियो। कर्नाटकको मंगलरुमा प्रदर्शनकारीले प्रहरी चौकीमा आगजनीको प्रयास गरेपछि प्रहरीले गोली चलाएको थियो।
उत्तर प्रदेशको लखनउमा पनि हिंसात्मक प्रदर्शन भएको छ। प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दुवै पक्षका दर्जनौं घाइते भएका छन्। प्रदर्शनकारीले दर्जनौं गाडीमा आगजनी गरेका थिए।

प्रहरीले बिहीबार देशका कतिपय स्थानमा निषेधाज्ञा जारी गरेको भए पनि आक्रोशित प्रदर्शनकारी भने रोकिएनन् । बिहीबारका प्रदर्शनका क्रममा प्रहरीले सयौं जनालाई पक्राउ गरेको छ ।
 

नागरिकता संसोधन

विशेष