'मलाई पार्टीबाट किनारा लगाउन खोजिदैछ': माधव नेपाल

काठमाडौँ। नेकपाका वरिष्ठ नेता माधव नेपालले पार्टी सचिवालयको निर्णयमा विमति कायमै राखेका छन्। जारी स्थायी समिति बैठकमा पार्टी सचिवालयले गरेका निर्णय अनुमोदन प्रस्ताव आएपछि नेता नेपालले असहमति कायमै रहेको प्रस्ट पारेका हुन्। उनले पार्टी नेतृत्वले आफूलाई किनारा लगाउन खोजेको भन्दै आपत्ति जनाएका छन्।
कम्युनिस्ट पार्टी विधान, पद्धति, मापदण्ड र कमिटी प्रणालीका आधारमा चल्नुपर्नेमा त्यसो नभएको र सचिवालयले आफ्नो असहमतिविपरीत निर्णय गरेको नेता नेपालको भनाइ थियो।
गत भदौ ३ मा उनले सचिवालयले गरेका निर्णयमा ७ बुँदे फरक मत राखेका थिए। ‘सचिवालयका कतिपय प्रस्तावमा मैले छुट्टै धारणा राख्दै आएकै छु। नोट अफ डिसेन्ट छँदै छ। अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमा त्यसलाई अनुमोदन गर्नुपर्ने भनिएको छ। अन्नपुर्ण पोस्टमा खबर प्रकाशित छ।
माधव कुमार नेपाल