काठमाडौं म्याराथनको सम्पूर्ण तयारी पूरा
काठमाडौं । प्रो स्पोर्टस्को आयोजनामा यही शनिबार हुने १३ औं काठमाडाैं म्याराथनको सम्पूर्ण तयारी पूरा भएको छ ।
काठमाडाै उपत्यकालाई म्याराथनमार्फत विश्वमा चर्चित बनाउने र खेल पर्यटनबाट आर्थिक समृद्धिमा सहयोग पु-याउने उद्देश्यले सुरुवात गरिएको काठमाडौं म्याराथन १३औं संस्करणसम्म आइपुगेको मुख्य आयोजक निलेन्द्रराज श्रेष्ठले जानकारी गराए ।
डिसेम्बर महिना पर्यटनका हिसाबले अफ सिजन हुने भए पनि नेपालमा पर्यटक भित्र्याउने तथा सन् २०२०लाई नेपाल सरकारले भ्रमण वर्षको रूपमा मनाउने तयारी गरिरहेको अवस्थालाई टेवा पुग्ने उद्देश्यले यस वर्ष डिसेम्बर महिनामा म्याराथन आयोजना गर्न लागिएको आयोजक संस्थाकी कार्यकारी निर्देशक वाग्मती राईले जानकारी गराइन् ।
१३औं संस्करणको काठमाडौं म्याराथानलाई प्रदेश ३ सरकारले यसको जिम्मेवारीका साथ अपनत्व ग्रहण गरेको र काठमाडौं महानगरपालिका, ललितपुर उपमहानगरपालिका तथा ठिमी र भक्तपुर नगरपालिकाले सक्दो सहयोग पुर्याउने प्रतिवद्धता लिएको आयोजकले जनाएको छ ।
म्याराथन