News

ईपिएस सिप परिक्षाको नतिजा सार्वजनिक, ६ हजार ७ सय ७४ परिक्षार्थी उत्तीर्ण

ईपिएस सिप परिक्षाको नतिजा सार्वजनिक, ६ हजार ७ सय ७४ परिक्षार्थी उत्तीर्ण

काठमाडौँ। रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सीप परीक्षाको नतिजा सार्वजनिक भएको छ । सीप परीक्षणमा ६ हजार ७ सय ७३ जना नेपाली प्रशिक्षार्थी उत्तीर्ण भएको इपीएस कोरिया शाखाले जनाएको छ ।

उत्तीर्ण हुनेमा एक हजार ३४ छात्रा र ५ हजार ७ सय ३९ छात्र रहेका छन् ।  झन्डै ९२ हजार भन्दा बढी परिक्षार्थी सामेल उक्त भाषा परीक्षामा १२ हजार १० जना उत्तीर्ण भएका थिए । भाषा परीक्षामा पास भएका १२ हजार मध्य सीप परीक्षणमा चाहिँ ६ हजार ७ सय ७३ जना मात्रै उत्तीर्ण भएका शाखाले जनाएको छ । 

उत्पादन क्षेत्रमा ४ हजार ७ सय ६४  र कृषि क्षेत्रमा  २ हजार ९ जना सीप परीक्षामा उत्तीर्ण भएका छन् । सीप परीक्षा पास हुँदैमा कोरिया जान पाइने भन्ने हुँदैन । उत्तीर्ण परीक्षार्थीले कोरियाका लागि रोजगार आवेदन भर्न पाउने र रोजगारदाताको छनोटमा परेमा मात्र कोरिया जाने निश्चित हुने ईपीएस कोरिया शाखाले जनाएको छ । 

यसअघि भाषा परीक्षा पास भएमा रोजगार आवेदन भर्न पाइन्थ्यो । तर यो वर्षदेखि भने कोरियाले सीप परीक्षण पनि गर्न थालेको हो । 

 

सिप परिक्षा ईपिएस

विशेष