एकसाथ ३ छोरीको हत्या पछि बाबुले गरे आत्महत्या !

नयाँ दिल्ली। भारतको गुजरातस्थित जूनागढ़ जिल्लाका एक व्यक्तिले गरिबी र लगातार ४ ओटी छोरीको जन्म भएपछि ३ छोरीको हत्या गरि आफैले पनि घाँटीमा फाँसी लगाई आत्महत्या गरेका छन।
रसिक देवाभाई सोलंकी नाम गरेका ति व्यक्तिले क्रमश ३ छोरीहरु ९ बर्षीया रिया, ७ बर्षीया अञ्जली र २ बर्षकी छोरी जल्पालाई नजिकै गाउँको एक ईनारमा फ्याकिदिएको र ति तिनै छोरीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।
उनले छोरीहरुलाई घुम्न लैजाने बहाना बनाई त्यस गाउँसम्म पुर्याएका थिए। उनले छोरीहरुलाई इनारमा फ्याक्नु भन्दा अगाडी मिठाई र फलफुल खुवाएको पनि खुलेको छ। छोरीहरुलाई कुवामा फालेपछि मर्नका लागि उनले बिष पिएका थिए, तर बिषको कुनै असर नदेखिए पछि उनले फाँसी लगाई आत्महत्या गरेका हुन्।
मृतककी श्रीमती भने हाल मईतीमा बस्दै आएकी छिन। गरिबी र छोरा नभएका कारण पहिलेदेखि नै श्रीमान श्रीमतीबीच घरायसी मनमुटाव हुने गरेको थियो।
प्रहरीले हाल घटनाबारे बिस्तृत अनुसन्धान गरिरहेको छ।
हत्या आत्महत्या