News

अवैध रुपमा भन्सार छली लैजान लागेका सुनका बाला र ल्यापटपसहित २ जना पक्राउ

अवैध रुपमा भन्सार छली लैजान लागेका सुनका बाला र ल्यापटपसहित २ जना पक्राउ

काठमाडौँ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ यरियाबाट अवैध रुपमा भन्सार छलि गरी लैजान लागेको १ सय ४९ ग्रामको सुनको बाला ३ थान र ल्यापटप ३ थानसहित एकजनालाई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका ७ चाबहिल मैजुबहाल बस्ने सर्लाही लालबन्दी नगरपालिका ५ घर भएका २३ वर्षीय बिक्रम पोखरेल रहेको प्रहरीले जनाएको छ ।

बाहिरी मुलुकबाट काठमाडौं आएका यात्रुहरुलाई भन्सार छलि गर्न लगाई उक्त परिमाणको सुन र ल्यापटप संकलन गरी लैजान लागेको अवस्थामा उनलाई प्रहरीले बिहिबार पक्राउ गरेको हो ।

साथै नेपाल एयरलाइन्सको उडानद्वारा दुबइबाट काठमाडौं आएका पर्बत फलेवास नगरपालिका ११ घर भएका राहदानी नम्बर ०५७२५०८१ वाहक २७ वर्षीय बिनोद कडेंललाई भन्सार छलि लैजान लागेको ९९ गाम्रको सुनको बाला २ थानसहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

बिमानस्थलको पार्किङ एरियामा जाँच गर्ने क्रममा उनलाई उक्त परिमाणको सुन सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई बरामद सुन तथा ल्यापटपसहित आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि त्रिभुवन बिमानस्थल भन्सार कार्यालय गौचरन पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

भन्सार छली

विशेष