News

समितिले तोक्यो नयाँ सभामुख चयनको प्रक्रिया मिति

समितिले तोक्यो नयाँ सभामुख चयनको प्रक्रिया मिति

काठमाडौं– संघीय संसदको कार्य व्यवस्था परामर्श समितिले नयाँ सभामुख चयनको प्रक्रियाको मिति तोकेको छ। संघीय संसद भवन नयाँबानेश्वरमा शुक्रबार बसेको बसेको उक्त समितिको बैठकले पुस ११ गते शुक्रबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट सभामुख चयनको प्रक्रिया शुरु गर्ने निर्णय गरेको हो ।

यद्यपि, संघीय संसदको हिउँदे अधिवेशन भने आज बाटै प्रारम्भ हुँदै छ । हिउँदो अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठक शुक्रबार दिउँसो ४ बजेका लागि बोलाइएको संघीय संसदको सचिवालयले जनाएको छ। शुक्रबारको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको हिउँदे अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाउने तथा पूर्व सांसदहरुको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ ।

विशेष