‘सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण’सम्बन्धी प्रशिक्षण भारतमा सुरु
काठमाडौं । नेपालका विभिन्न सरकारी निकायका २१ अधिकारीहरुलाई ‘सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण’ सम्बन्धी विशेष ६ दिने तालिम आजबाट भारतको फरीदाबादस्थित नेशनल एकेडेमी अफ कस्टुम, इन्डाइरेक्ट ट्याक्सेस एन्ड नारकोटिक्समा सञ्चालन भइरहेको छ ।
उक्त प्रशिक्षण “भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम” अन्तर्गत भारत सरकारको पूर्ण सहयोगमा सञ्चालन गरिएको जनाइएको छ । नेपाली अधिकारीहरुको क्षमतालाई अभिवृद्धि गर्ने उद्देश्य कार्यक्रमको छ । विभिन्न कार्यक्रमअन्तर्गत नेपालका विभिन्न नियामक निकायहरुका कूल ६० अधिकारीहरुलाई तालिम दिइने जनाएकाे थियाे ।
उक्त प्रशिक्षणमा दुई ब्याचका प्रत्येक २० अधिकारीहरुलाई एनएसीआईएनमा अक्टोबर र डिसेम्बरमा दिइनेछ । यस कार्यक्रमले नेपालका सम्बन्धित निकायहरुको सम्पत्ति शुिद्धकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी मामिलामा क्षमता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।
नेपाल सरकारको अनुरोधमा कूल ६० अधिकारीहरुको लागि तयार पारिएकोे यो एक विशेष कोर्ष हो । नेपाल सरकारका विभिन्न निकायहरुको क्षमतालाई अभिवृद्धि गर्ने भारत सरकारको प्रतिबद्धताको उदाहरणको रुपमा यस कार्यक्रमलाई लिइएको छ ।
प्रशिक्षणले कार्यक्रममा सहभागी अधिकारीहरुको सम्पत्ति शुिद्धकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी मामिलाहरुलाई प्रभावकारी ढङ्गबाट सामना गर्न सक्ने क्षमतालाई अभिवृद्धि गर्नेछ । यस अघि नेपाली अधिकारीहरुका दुई ब्याचले भारतमा प्रशिक्षण सफलतापूर्वक सम्पन्न गरिसकेका छन् ।