News

अस्पतालबाटै प्रधानमन्त्रीले भिडियोमाफर्त भने : 'म निको हुँदै छु, अहिले सञ्चै छु'

अस्पतालबाटै प्रधानमन्त्रीले भिडियोमाफर्त भने : 'म निको हुँदै छु, अहिले सञ्चै छु'

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निको हुँदै गइरहेको बताएका छन्। उनले सन्देश भिडियोमार्फत आफैंले आफ्नाे स्वास्थ्यबारे जानकारी दिएका छन्।

शिक्षण अस्पताल महाराजगञ्जमा एक सातादेखि एपेन्टिसाइसिटको अपरेशसनपछि उपचार गराई रहेका ओलीले स्वास्थ्य उल्लेख सुधार भइरहेको जानकारी दिएका छन्।

प्रधानमन्त्री ओलीले १३औं सागको आइतबार उद्घाटन अस्पतालबाटै हेरेको र सफल भएको खुशी व्यक्त गरेका छन्।ओलीले भिडियोमा भनेका छन्, ‘मेजर अपरेजशनपछि पनि म बोल्न, साथीहरुसँग कुरा गर्न सक्ने अवस्थामा छु। समाचार हेर्न सक्ने अवस्थामा छु।

१३औं सागको उद्घाटन हेरे। कार्यक्रमको उद्घाटन गरिदिनुभएकोमा राष्ट्रपतिलाई र उपस्थिति सबैलाई धन्यवाद दिन चाहन्छु।’ओलीले आफ्नो स्वास्थ्य अचान समस्या भएको र एपेन्टिसाइटिसले बाहिर समेत इन्फेक्सन भएको जनाए।

विशेष