News

चिसोले सिमरा विमानस्थल दुई दिनदेखि बन्द

चिसोले सिमरा विमानस्थल दुई दिनदेखि बन्द

बारा।  चिसो बढेपछि सिमरा विमानस्थल दुई दिनदेखि बन्द रहेको छ भने कतिपय स्थानीय तहले विद्यालयहरू छुट्टी दिनुको साथै सर्वसाधारणलाई आगोको व्यवस्था गर्न सुरु गरेका छन्।

चिसो बढेर सर्वसाधारणलाई सास्ती भएको भन्दै कलैया उपमहानगरपालिकाले शुक्रबारदेखि आगोको व्यवस्था गरेको छ। कलैया उपमहानगरपालिका, बारा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले सर्वसाधारण भेला हुने विभिन्न स्थानमा आगो ताप्ने व्यवस्था गरेका हुन्। सर्वसाधारणको बढी भिड हुने कलैया अस्पताल, भरत चोक, लोहारपट्टीलगायत स्थानमा आगोको व्यवस्था गरिएको कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादवले बताए।

जिल्ला सदरमुकाम पनि भएकाले कलैयामा ग्रामीण भेगबाट आउने सेवाग्राहीहरू चिसोले गर्दा धेरैै समस्यामा पर्ने गरेका कारणले आगोको व्यवस्था गरिएको यादवको भनाइ छ। केही दिनदेखि बढेको चिसोका कारणले कलैया बजारमा मानिसहरूको उपस्थिति कम देखिएको छ भने सरकारी कार्यालय आउने सेवाग्राहीको संख्या पनि घटेको छ।

नागरिक दैनिकमा प्रकाशित 

 

शितलहर

विशेष