News

राजा वीरेन्द्र चढ्ने हवाईजहाज र हेलिकोप्टर नारायणहिटीमा राखिने

राजा वीरेन्द्र चढ्ने हवाईजहाज र हेलिकोप्टर नारायणहिटीमा राखिने

काठमाडौंः राजा वीरेन्द्र र राजपरिवारले प्रयोेग गर्दै आएका एक हवाईजहाज र एक हेलिकोप्टर नारायणहिटी दरबार संग्रहालयमा राखिने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमनजिक ह्यांगरमा राखिएका ती जहाज र हेलिकोप्टर संग्राहलयमा राख्न सरकारले तयारी थालेको बताइएको छ ।

यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र नारायणहिटी दरबार संग्रहालयले अध्ययन गरिरहेका छन् । यसै सिलसिलामा केही दिनअघि मन्त्रालयका उच्च अधिकारी र संग्रहालयका कर्मचारी विमानस्थल पुगेका थिए । नेपाली सेनाको ११ बाहिनीको रेखदेखमा रहेका यी दुई जहाज नेपाल ल्याइएको थियो भन्ने जानकारी प्राप्त भएको छैन् । यो खबर आजको नेपाल समाचारपत्र दैनिकबाट लिइएको हो ।

हेलिकोप्टर हवाईजहाज वीरेन्द्र शाह नारायणहिटी दरबार संग्रहालय

विशेष