News

पेट्रोलिय पदार्थकाे मुल्य बढ्यो

पेट्रोलिय पदार्थकाे मुल्य बढ्यो

काठमाडौं – पेट्रोलिय पदार्थकाे मुल्य बढेकाे छ। पेट्रोल, डिजेल र मट्टितेलको मुल्य बढेको नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए। सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मुल्य प्रतिलिटर दुई रुपैयाँको दरले बढेको हो।

नेपाल आयल निगमका प्रवक्ता गोइतका अनुसार ईण्डियन आयल कर्पोरेशनबाट १ डिसेम्बर २०१९ मा प्राप्त नयाँ खरिद मूल्यमा केही बढेर आएकाले नेपाल पनि मुल्य बढेको हो।

काठमाडौंको हकमा पेट्रोलको प्रतिलिटर खुद्रा मुल्य १०९ रुपैयाँ, डिजेल र मट्टितेलको ९७ रुपैयाँ पर्नेछ। १ डिसेम्बर २०१९ मा ईण्डियन आयल कर्पोरेशनबाट हवाई इन्धन तथा एल.पि.ग्यासको मुल्यसमेत बढेर आए पनि हाललाई हवाई इन्धन तथा एल.पि.ग्यासको खुद्रा विक्री मूल्य यथावत नै राखिएको निगमले जनाएको छ।

विशेष