News

अब कर्मचारीले बहुविवाह गरे पदबाटै बर्खास्त

अब कर्मचारीले बहुविवाह गरे पदबाटै बर्खास्त

काठमाडौं । सरकारले बहुविवाह गर्ने कर्मचारीलाई बर्खास्त हुने कानुन बनाउने तयारी गरेको छ । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो व्यवस्था थप गर्नेगरी प्रतिवेदन तयार पारिएसँगै बहुविवाह गर्ने कर्मचारीलाई बर्खास्त हुने व्यवस्था लागू हुने भएको हो ।

सरकारले बहुविवाहलाई निरुत्साहित गर्ने नीतिअनुसार फौजदारी संहितामा भएको व्यवस्था जस्तै निजामती सेवासम्बन्धी विधेयकमा पनि राख्ने भएको हो ।

संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा विचाराधीन मस्यौदा प्रतिवेदनमाथि सोमबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीको उपस्थितिमा छलफल हुने कार्यतालिका रहेको छ ।

फौजदारी संहितामा जस्तै अघिल्लो विवाह कायम रहँदारहँदै अर्को विवाह गरे बहुविवाह गर्ने निजामती कर्मचारीलाई जागिरबाट बर्खास्त गरिनेछ ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।  

कर्मचारी बहुविवाह

विशेष