News

‘धनगढी ग्यालरी ग्रुप’द्वारा शिवपुरी धाम परिसरमा सरसरफाई

‘धनगढी ग्यालरी ग्रुप’द्वारा शिवपुरी धाम परिसरमा सरसरफाई

कैलालीः सामाजिक कार्यमा सक्रिय ‘धनगढी ग्यालरी ग्रुप’ले धनगढी उपमहानगरपालिका उत्तरबेहडी स्थित शिवपुरी धामको परिसरमा सरसरफाई गरेका छ । ग्रुपमा आवद्ध ३० जना सदस्यहरुले शिवपुरी धाम परिसर सरसफाइ गरेका हुन् । सरसफाइ कार्यक्रममा धनगढी ग्यालरी ग्रुपका सदस्य  कौसिल्या भट्ट, जानकी अबस्थी, चक्र सिरमाल, भरत राज ओझा,  महेश ओझा, दिपेश भट्ट, खेमा ओझा, तनुजा भट्ट, आर्जु बोहरा, महेस बडु, नवराज ओझा, मनु जोशी, संजय चौधरी, आकास बोहरा,  सुरत ठकुराठी,  लक्ष्मण साउँद, नारायण भट्ट, हिक्मत खडायत, योगेस मल्ल, बुद्दी बहादुर खड्का, र भिमबहादुर कुवर लगायत थिए ।

छोटो समयमै ६ हजार सदस्य जोड्न सफल यो ग्रुपले यसअघि पनि शिवपुर धाम परिसरको सरसफाई गरिसकेकाे छ । ‘धनगढी ग्यालरी ग्रुप’ले एक हजार सदस्य भएको अवस्थामा वनदेबी मन्दिर परिसबाट सरसफाई सुरु गरेको थियो । निरन्तररुपमा सक्रिय यो ग्रुपले ‘रक्तदान कार्यक्रम’ देखि विभिन्न असायहरुलाई आर्थिक सहयोगसेमत गरेको छ ।

यो ग्रुपले नै संकलन गरि एकजना क्यान्सर पीडित बालकलाई ५७ हजार रुपैयाँसमेत हस्तान्तरण गरिसकेको ग्रुपका एडमिन चक्र खडायतले जानकारी दिए । उनका अनुसार ग्रुपकै एकजना सदस्यले सिंगापुरबाट क्यान्सर पीडित बालकको बुवाको बैंक खातामा पैसा पठाएका थिए । आगामी दिनमा पनि ग्रुपको माध्यमबाट विभिन्न सामाजिक क्रियाकलापलाई निरन्तरता दिँदै जाने एडमिन खडायतले बताए । यो ग्रुप सामाजिक सञ्जालबाट जोडिएको युवाको समूह हो ।  

कैलाली शिवपुरी धाम चक्र खडायत धनगढी ग्यालरी ग्रुप

विशेष