News

अब आठ महिनामा स्मार्ट लाइसेन्स पाइने

अब आठ महिनामा स्मार्ट लाइसेन्स पाइने

काठमाडौँ। यातायात व्यवस्था विभागले केही महिना भित्रै स्मार्ट लाईसेन्स उपलब्ध गराउने दाबी गर्दै आएको तर दुई वर्षदेखी स्मार्ट लाईसेन्सको पखाईमा ट्राफिकलाई बिल देखाउनेहरुको संख्या पनि कम छैन ।

विभागका अनुसार अहिले ८ लाख स्मार्ट लाईसेन्सको माग छ तर दैनिक जम्मा चार वटा प्रिन्टरबाट करिब नौं हजार मात्रै लाईसेन्स छापिएका छन् । आठ महिनामा सबैलाई लाईसेन्स पुर्‍याउने दाबी समेत विभागले गर्दै आएको छ ।

विभागले गत वर्ष ४५ दिनमै सबै लाईसेन्स उपलब्ध गराउने भन्दै मालिका ईन्कर्पाेरेटलाई लाईसेन्स छपाईको जिम्मा दिएको थियो । त्यसको लागि पाँचवटा मेसिन पनि उपलब्ध गराएकोमा छपाईमा त्रुटी भेटिएपछि सो प्रिन्ट गर्न रोकिएको थियो । त्यसपछि विभागले चारवटा प्रिन्टर थप गरि आफैले प्रिन्ट सुरु गरेको थियो।  

तर अहिले विभागसँग भएका ति नौं प्रिन्टर मध्ये छ वटा बिग्रेर थन्किएका छन् भने तीन वटा मात्रै सञ्चालनमा छन् । त्यसपश्चात पनि माग धान्न नसकेको भन्दै गत असोजमा मास प्रिन्टर ल्याईयो तर सो प्रिन्टरको लागि दक्ष जनशक्तिको अभावका कारण अझै पनि पूर्ण क्षमतामा चलाउन सकिएको छैन ।

मेसिन ल्याएको डेढ महिना पछि बल्ल चल्न सुरु गरेको छ । तिनै सिफ्टमा चलाउने र घण्टाको ४ सय ५० वटा लाईसेन्स छाप्ने दाबी गरिएको मास प्रिन्टर अझै पनि दक्ष प्राविधिकको अभावको कारण पूर्ण क्षमतामा चल्न सकेको छैन ।

केही प्राविधिकले दैनिक २० घण्टासम्म मेसिन चलाई छपाईको काम भईरहेको र अब आठ महिना भित्रै सबै लाईसेन्स छापिने विभागका निर्देशक तिर्थराज खनाल बताए । 

 

स्मार्ट लाइसेन्स

विशेष