बैतडीमा प्याराग्लाइडिङको सफल परिक्षण

बैतडीमा प्याराग्लाइडिङको सफल परिक्षण

बैतडीः जिल्लाको पाटन र दोगडाकेदारमा प्याराग्लाइडिङको सफल परिक्षण गरिएको छ । बैतडी एमेजिङ एड्भेन्चर प्रा.लि.ले पाटनको जोलाबाँ देखि एयरपोर्टसम्म र दोगडाकेदारको सिल्लेगाडादेखि खोलासम्म सफल परीक्षण गरिएको हो ।

बैतडीमा परिक्षण सफल भएकाले अबको दुई हप्ता भित्रै ब्यवसायिक रुपले प्याराग्लाइडिङ सञ्चालन गरिने प्रालिका संस्थापक कृष्णप्रशाद जोशीले बताए । 

‘पर्यटन बर्ष–२०२०’ लक्षित गर्दै प्याराग्लाईडिङ सञ्चालन गरिन लागेको उनले बताए । अबको १५ दिनमै सुरुमा बैतडीको पाटन र त्यसपछि अन्य ठाउँहरुमा समेत टिकेट काटेर प्याराग्लाईडिङका माध्यमबाट उड्न पाइने उनले बताए ।  

बैतडी प्याराग्लाइडिङ सफल परिक्षण

संम्बधित खबर

विशेष