पुस ९ गते सार्वजनिक विदाकाे माग
काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालले पुस ९ गते अर्थात डिसेम्बर २५ गते सार्वजनिक विदाको माग गरेको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा महासंघले क्रिशमसको दिन विदा माग गरेको हो ।
महासंघले ख्रीष्टियन समुदायको महान पर्व ख्रीष्टमसका दिनलाई तत्काल सार्वजनिक विदा कायम गर्नुपर्ने, सरकारसँग भएका विभिन्न ६ बुँदे सहमतिलाई तत्काल कार्यान्वयन गरी राष्ट्रिय ख्रीष्टियन आयोग गठन तथा नेपाली ख्रीष्टियन चर्चहरुको सम्पत्ति तथा दायित्वहरु व्यवस्थित् गर्नका लागि नीतिगत व्यवस्था गर्नुपर्ने लगायतका माग गरेको छ ।