News

भारतद्वारा काठमाडौं कीर्तिपुरमा छात्रावास भवन निर्माण 

भारतद्वारा काठमाडौं कीर्तिपुरमा छात्रावास भवन निर्माण 


भारत सरकारले काठमाडौं कीर्तिपुरस्थित नेपाल ए.पी.एफ.स्कुलका छात्राका लागि छात्रावास भवन निर्माण गरेको छ । सो भवनको आइतबार भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा. अजय कुमारले उद्घाटन गर्नुभयो । 

उद्घाटन समारोहमा नेपाल सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक रामशरण पौडेल लगायत बिभिन्न दलका नेता, कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन लगायतको उपस्थिति थियो । 

सन् २००५ मा स्थापित नेपाल ए.पी.एफ.स्कुल नेपाल सशस्त्र प्रहरी बल अन्तर्गत रहेको सशस्त्र प्रहरी बल कल्याणकारी सेवा केन्द्रद्वारा निर्माण गरिएको शैक्षिक संस्था हो । यो विद्यालय काठमाडौंको कीर्तिपुर नगरपालिका चम्पादेवी–७ मा अवस्थित छ जसमा २१ प्रतिशत भन्दा बढी छात्राहरु रहेका छन् । यो परियोजनाको कार्यान्वयन नेपाल सशस्त्र प्रहरी बलले गरेको हो । 

भारत सरकारको ४.०४२ करोड नेपाली रुपैंया अनुदान सहयोगमा निर्मित यस दुई तल्ले नयाँ संरचनामा  वार्डेनका लागि एउटा छुट्टै कक्ष, शयन कक्ष,  प्रत्येक तलामा छात्राका लागि फर्निचरका साथै स्नानघर, सरसफाईको सुविधा सहित ३२ वटा कोठाहरु रहेका छन् ।

यस नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । 
 

विशेष