News

प्रधानमन्त्रीको ट्विटर अकाउण्ट दुरुपयोगबारे प्रहरीले थाल्यो अनुसन्धान, ३ जनालाई मात्र थाहा छ पासवर्ड

प्रधानमन्त्रीको ट्विटर अकाउण्ट दुरुपयोगबारे प्रहरीले थाल्यो अनुसन्धान, ३ जनालाई मात्र थाहा छ पासवर्ड

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीकै ट्विटर अकाउन्ट असुरक्षित भएको खुलेपछि प्रहरीले गम्भीर अनुसन्धान थालेको छ । प्रधानमन्त्रीको ट्विटर अकाउन्ट दुरुपयोगले एकाएक जटिल रूप लिएपछि घटना अनुसन्धानको जिम्मा नेपाल प्रहरीले लिएको हो । ट्विटर अकाउन्ट दुरुपयोग सम्बन्धमा प्रधानमन्त्रीको सचिवालयका कर्मचारीमाथि समेत अनुसन्धान गर्नुपर्ने भएकाले नेपाल प्रहरीलाई जिम्मा लगाइएको हो ।

घटना सम्बन्धमा नेपाल प्रहरीअन्तर्गतको साइबर ब्युरोले अनुसन्धान गरिरहेको छ । प्रधानमन्त्रीका आइटीविज्ञ अली असगरले शनिबार ११ बजे नै घटना सम्बन्धमा अनुसन्धान गर्न सम्पूर्ण डाटा ब्युरोलाई जिम्मा लगाइएको बताए । प्रधानमन्त्री सचिवालयका अनुसार प्रधानमन्त्रीको ट्विटर ह्यान्डल प्रधानमन्त्रीबाहेक सञ्चारविज्ञ रामशरण बजगाईंले प्रयोग गर्छन् । त्यसबाहेक ट्विटरको पासवर्ड प्रमुख सल्लाहकार विष्णु रिमाल र आइटीविज्ञ अली असगरलाई थाहा छ ।

नागरिकता विधेयक सम्बन्धमा भारतमा जारी आन्दोलनलाई लक्ष्य गर्दै भारतीय कांग्रेस आइकी अध्यक्ष सोनिया गान्धीले गरेको भाषण प्रधानमन्त्री ओलीको ट्विटर अकाउन्टबाट एकाएक रि–ट्विट भएपछि अकाउन्ट दुरुपयोग भएको खुलेको थियो । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

केपी शर्मा ओली पासवर्ड ट्विटर अकाउन्ट

विशेष