News

एकै घरमा मासिक ९० हजार भत्ता

एकै घरमा मासिक ९० हजार भत्ता

रामेछाप।  रामेछाप नगरपालिका ८  बादीका परिवारमा ३० जना सदस्य रहेका छन ।  हरेक सदस्यले मासिक ३ हजारका दरले सामाजिक सुरक्षा भत्ता पाउछन।  यो भनेको मासिक ९० हजार हो ।  

केहि महिना अघिसम्म दुई छोरीको समेत भत्ता जोड्दा ८४ हजार हुन्थ्यो । अहिले छोरीहरुको विवाह पछि भत्ता घट्यो हायुले भने।  हायुका २ श्रीमती, ७ छोरा, ५  बुहारी,१३ नातिनातिनी र २ छोरी गरि ३० सदस्य एकै घरमा बस्छन।  जेठो र काईलो छोराको परिवारसहित मजदुरीका लागि काठमाडौँ आएका छन ।  

उनीहरुबाहेक २३ जनाको लागि अहिले पनि खाना एकै घरमा पाक्छ ।  हायु परिवारलाई सामाजिक सुरक्षा भत्ताले जीवन निर्वाह गर्न निकै सहज बनाएको छ।  '२/३ बर्ष भो अन्न फलेको छैन धन्न भत्ताले धानेको छ' जितबहादुर बताउछन ।  

यो समाचार कान्तिपुर दैनिकमा टीकाप्रसाद भट्टले लेखेका छ न।  

सामाजिक सुरक्षा भत्ता

विशेष