News

महेन्द्रनगर र नेपागञ्ज हवाई रूट: भारतसँग उच्चस्तरीय कुटनीतिक पहल आवश्यक

महेन्द्रनगर र नेपागञ्ज हवाई रूट: भारतसँग उच्चस्तरीय कुटनीतिक पहल आवश्यक

काठमाडौँ। भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलका लागि अति आवश्यक महेन्द्रनगर र नेपागञ्ज हवाई रूटका लागि भारतसँग उच्चस्तरीय कुटनीतिक पहल आवश्यक देखिएको छ ।

गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुग्दै गर्दा सो विमानस्थलका लागि आवश्यक ती दुई रूटबारे भारतको अडानले नेपाललाई दीर्घकालीन असर पर्ने भएकाले रूटका लागि कूटनीतिक पहल आवश्क भएको विज्ञहरूको धारणा छ । 

प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाँदा भारतीय समकक्षी नरेन्द्र मोदीसँग यो हवाई रूटका विषयमा वार्ता भएको थियो । यस्तै गतवर्ष माघ महीनामा दिवंगत पर्यटन मन्त्री रवीन्द्र अधिकारीले पनि भारतको मुम्बईमा आयोजना भएको ‘ग्लोबल एभिएशन समिट–२०१९’ मा यस विषयमा भारतीय समकक्षीसँग यसबारे छलफल गरेका थिए । तर पनि हालसम्म यो विषय भारतीय कर्मचारीतन्त्रले ‘भइहाल्छ’ भन्दै नेपाललाई झुलाउँदै गरेको पर्यटन मन्त्रालयकै अधिकारीको धारणा छ । 

यो समाचार आर्थिक अभियान दैनिकमा टीपी भुसालले लेखेका छन।  

हवाई रुट

विशेष