सांसद अभिषेकविरुद्ध प्रहरीमा उजुरी
काठमाडौं – नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सांसद अभिषेक प्रताप साहविरुद्ध प्रहरीमा उजुरी परेको छ। सांसद अभिषेकले आफूमाथि निर्घात कुटपिट गरेको भोजपुरी कलाकार श्यामकुमार मिश्राले आरोप लगाउँदै उनका आफन्तले उजुरी दर्ता गरेका हुन्। पीडित मिश्राका अनुसार सांसद साहले आफ्नै घरमा बोलाई बन्धक बनाएर कुटपिट गरेको हुन् ।
‘राजनीति बढी गर्छस् भन्दै घरमा बोलाएर कुटपिट गरे, उनका ड्राइभरले पनि बन्धक बनाएर मलाई कुट्यो,’ मिश्राले सँग भने ।सांसद साहले मुखमा पेस्तोल राखेर तँलाई मारिदिन्छु भन्दै धम्की दिएको मिश्राको भनाइ छ । नेता साह र उनका चालक शशि कश्यपले बाँधेर कुटेको मिश्राले बताए ।
बन्धक बनाइएका मिश्राले कोठाबाट फुत्किएर बाहिर भागेको बताए। मिश्राको बुटवलस्थित अञ्चल अस्पतालमा उपचार भइरहेको छ। मिश्राले टाउकोमा धेरै चोट लागेको र अहिले केही सुधार भएको बताए । अञ्चल अस्पतालमा उपचार गराइरहेका मिश्राले कांग्रेस सांसद साहविरुद्ध आइतबार प्रहरीमा उजुरी दिएका छन् ।