भोजपुरमा युवती बलात्कृत, कांग्रेस वडा सदस्य पक्राउ
भोजपुर– भोजपुरमा युवती बलात्कार गर्ने एक वडा सदस्य पक्राउ परेका छन्। हतुवागढी गाउँपालिका–६ हुम्सुमा एक युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा सोही वडाका वडा सदस्य ३८ वर्षीय बालकुमार राई पक्राउ परेका हुन् ।
नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित राईले स्थानीय युवतीमाथि जवरजस्ती करणी गरेको उजुरी परेको छ । पीडित युवतीले आफूमाथि गत मंसिर १५ गते बलात्कार गरेको भन्दै वडा सदस्य राईविरुद्ध उजुरी दिएको प्रहरीको भनाइछ ।
पक्राउ परेका वडा सदस्यविरुद्ध जवर्जस्ती करणीमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले जानकारी दिए ।