News

गोकर्ण फरेष्ट र दरबारमार्ग लिज सम्झौताको कागजपत्र सात दिनभित्र उपलब्ध गराउन निर्देशन

गोकर्ण फरेष्ट र दरबारमार्ग लिज सम्झौताको कागजपत्र सात दिनभित्र उपलब्ध गराउन निर्देशन

काठमाडौं । संघीय संसदको सार्वजनिक लेखा समितिले गोकर्ण फरेष्ट रिसोर्ट प्रकरणमा छानविन शुरु गरेको छ ।प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले ६ वर्ष समय बाँकी हुँदै २५ वर्ष लिज अवधि थप गरिएको गोकर्ण फरेष्ट रिसोर्टको विषय गम्भीर र शंकास्पद लिज अवधि बढाउने निर्णय गरेको भन्दै यससम्बन्धी सम्पूर्ण कागजात उपलब्ध गराउन निर्देशन समेदिएको छ ।

समितिले नेपाल ट्रष्टको कार्यालयसँग गोकर्ण फरेष्ट र दरबारमार्गको लिज सम्झौताको कागजात सात दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ । सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले पुरानो सम्झौता अवधि ६ वर्ष बाँकी रहेकै अवस्था २५ वर्ष समय थप भएको विषयमा सरकारसँग कागजपत्र माग्ने निर्णय समेत गरेको छ ।

दुई साता अगाडि बसेको मन्त्रिपरिषदले गोकर्ण फरेष्ट रिसोर्टको समय २५ वर्ष थप्ने निर्णय गरेको थियो । निर्णय थपसँगै विरोध शुरु भएपछि सार्वजनिक लेखा समितिले कागजपत्र माग्ने निर्णय गरेको हो ।

विशेष