News

पक्राउ पर्ने चिनियाँको संख्या १२२ पुग्यो, अझैं बढ्ने सम्भावना

पक्राउ पर्ने चिनियाँको संख्या १२२ पुग्यो, अझैं बढ्ने सम्भावना

अवैध रुपमा नेपालमा बसोवास गर्दै आएका चिनियाँ नागरिकको पक्राउ संख्या १ सय २२ पुगेको छ। उनीहरुलाई प्रहरीले विषेश अप्रेसन सञ्चालन गर्दै आज पक्राउ गरिएकाे हाे। 

महानगरीय प्रहरी अपराध महाशाखा तथा महानगरीय प्रहरी परिसर काठमाडाैँको संयुक्त टोलीले उनीहरुलाई  राजधानीका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार उनीहरु विगत लामो समयदेखि काठमाडौंमा विभिन्न पेशा व्यवसाय गर्दै बसोबास गरिरहेका थिए।

थापाका अनुसार उनीहरुको भिसा म्याद समाप्त भएकाले अनुसन्धानका लागि पक्राउ गरिएको हो। प्रहरीका अनुसार उनीहरु काठमाडौमा होटल, सूचना प्रविधि तथा कृषि र अन्य पेशामा संलग्न भइरहेका छन्।

  ‘केही समय अघिदेखि उनीहरु विभिन्न अपराधमा संलग्न भएको आरोप लाग्दै आएको छ, हामी त्यो विषयमा पनि अनुसन्धान गरिरहेका छौ’, महाशाखा प्रमुख थापाले भने।

उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा राखिएको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए। उनीहरुको साथबाट ठूलो परिमाणमा मोबाइल, ल्यापटपजस्ता सामाग्रीसमेत बरामद गरिएको छ ।

पक्राउ पर्ने १२२ जना एकै समूहका भएको र नेपाल पुगेपछि विभिन्‍न समूहमा बाँडिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार अझै. केही पक्राउ पर्नसक्ने सम्भावना छ। यसअघि पनि बैंक ह्याकिङ प्रकरणमा संलग्‍न आठ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो ।

विशेष