News

उपत्यका लगायत देशैभर चिसो बढ्यो, जनजीवन प्रभावित

उपत्यका लगायत देशैभर चिसो बढ्यो, जनजीवन प्रभावित

काठमाडौँ। काठमाडौँ उपत्यकासहित देशभर ह्वात्तै चिसो बढेको छ ।  चिसोले दिनप्रतिदिन जनजीवन प्रभावित बन्दै गएको छ ।  सोमबार बिहान काठमाण्डाै उपत्यकाको न्यूनतम तापक्रम ३.३ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अझै केही दिन तापक्रम यस्तै रहने र तत्कालै पानी पर्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ । साेमबार पनि तराईमा बाक्लो कुहिरो लागेको छ । दिउँसो केहीबेर कुहिरो हटे पनि केही दिनदेखि बिहान र बेलुका बाक्लो कुहिरो लाग्दा घरबाहिर निस्कनसमेत समस्या भएको स्थानीय बासिन्दाले बताएका छन् ।

केही दिनयता तराईका क्षेत्रमा लगातार जस्तै कुहिरो लाग्दा जनजीवन प्रभावित भएको हो । साेमबार पनि तराईमा दिउँसो १ बजेसम्म कुहिरो लाग्ने र त्यसपछि हट्ने सम्भावना रहेको मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो । मंगलबारबाट भने कुहिरो लाग्ने क्रम बिस्तारै कम हुँदै जाने र अन्य स्थानको मौसम भने आज सफा रहने उहाँले बताउनुभयो।  

 

चिसो बढ्यो

विशेष