ए.पी.एफ स्कुलका लागि भारतद्वारा छात्रावास भवन निर्माण
काठमाडौंः भारत सरकारले कीर्तिपुरस्थित नेपाल एपिएफ स्कुलमा छात्रावास भवन बनाइदिएको छ । भारतीय दूतावासका नियोग उप–प्रमुख डा. अजयकुमारले आइतबार भवनको उद्घाटन गरे ।
कार्यक्रममा कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन, उपमेयर सरस्वती खड्का, सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक रामशरण पौडेललगायतको उपस्थिति थियो । भारत सरकारको चार करोड ४२ हजार नेपाली रुपैयाँ अनुदान सहयोगमा निर्मित दुईतले भवनमा ३२ कोठा छन् ।
परियोजनाको कार्यान्वयन सशस्त्र प्रहरीले गरेको दूतावासले जानकारी दिएको छ । सन् २००५मा स्थापित सो स्कुल सशस्त्र प्रहरी बल कल्याणकारी सेवा केन्द्रद्वारा निर्माण गरिएको हो ।
एपिएफ स्कुल छात्रावास भवन