News

त्रिविमा रेक्टर र रजिस्ट्रार पद खाली

त्रिविमा रेक्टर र रजिस्ट्रार पद खाली

काठमाडौंः त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा रेक्टर र रजिस्ट्रार पद रिक्त भएका छन् । रेक्टर प्रा.डा. सुधा त्रिपाठी र रजिस्ट्रार डिल्ली उप्रेतीको चार वर्षे कार्यकाल सकिएपछि पद रिक्त भएको हो । स्व. सुशील कोइराला नेतृत्व सरकारले कांग्रेसको तर्फबाट उपकुलपति तीर्थराज खनियाँ नियुक्त गरेका थिए । उनको गत भदौमा पदावधि सकिएको थियो । त्यसैगरी तत्कालीन एमाओवादी कोटामा नियुक्त रेक्टर त्रिपाठी र एमालेबाट रजिस्ट्रार उप्रेतीको आज पुस ७ गतेबाट सकिएको हो ।

त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपतिमा प्रा.डा. धर्मकान्त बास्कोटालाई नियुक्त गरिसकेका छन् । स्रोतका अनुसार रजिस्ट्रारमा त्रिविअन्तर्गत सञ्चालित उच्चशिक्षा परियोजनाका पूर्वसंयोजक शंकर भण्डारीलाई नियुक्त गर्ने वा बाहिरिदै गरेको रजिस्ट्रार उप्रेतीलाई दोहोर्‍याउने भन्ने रहेको छ । रेक्टरमा नेपाली कांग्रेसनिकट प्राध्यापक दिने या मधेसी कोटामा पार्ने भन्ने द्विविधा रहेको जनाइएको छ । कान्तिपुर दैनिकबाट 

त्रिभुवन विश्वविद्यालय त्रिवि डिल्ली उप्रेती रेक्टर रजिस्ट्रार

विशेष