News

नेपाल-चीन अन्तरदेशीय विद्युत् प्रसारण लाइन: आफ्नो भूमिमा पर्ने लाइन आआफै बनाउने सहमति

नेपाल-चीन अन्तरदेशीय विद्युत् प्रसारण लाइन: आफ्नो भूमिमा पर्ने लाइन आआफै बनाउने सहमति

काठमाडौँ।  नेपाल र चीन पहिलो अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माणमा दुवै मुलुकबीच आफ्नो भूमिमा पर्ने खण्ड आआफै बनाउने सहमति भएको छ । 

नेपाल–चीन ग्रीड प्रसारण लाइन कनेक्टिभिटी परियोजनाको शुक्रवार सम्पन्न दुवै देशको प्राविधिक समिति ९जेटीजी०को बैठकले उक्त सहमति गरेको हो । यससँगै रसुवागढी नाकाबाट जोड्ने १४९ किमी लामो रातमाटे–जिलोङ नेपाल तर्फको खण्ड ४०० केभी प्रसारण लाइनको निर्माणमा चीनको सहयोगको अपेक्षा टुंगिएको छ । अब नेपालले रसुवागढीदेखि नुवाकोटको रातमाटेसम्म ७० किलोमीटर प्रसारण लाइन निर्माण गर्नुपर्नेछ ।

चीनका राष्ट्रपति सी चीनफिङको हालै भएको नेपाल भ्रमणमा उक्त परियोजनामा चीनको सहयोगको प्रतिबद्धता आउनेमा नेपाल सरकार आशावादी थियो । तर, स्पष्ट रूपमा सोही परियोजनालाई लक्षित गरेर प्रतिबद्धता नआएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बताएको छ । यो समाचार आर्थिक अभियान दैनिकमा दुर्गा लामिछानेले लेखेका छन।  

विद्युत् प्रसारण लाइन

विशेष