उपत्यकामा रोकिएन टिपर आतंक, एक पैदल यात्रीको मृत्यु

भक्तपुरः भक्तपुरको सृजनानगरमा गए राति टिपरको ठक्करबाट पैदल यात्रीको ज्यान गएको छ । ज्यान गुमाउनेमा उदयपुर हडिया घर भएका बर्ष २७ का समीर बि.क. रहेका छन् ।
सल्लाघारी आउने तर्फको सर्भिस ट्रयाकमा टिपरको ठक्करबाट घाईते भएका समीरलाई उपचारका लागि डा. इवामुरा अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो ।
प्रहरीले ठक्कर दिई भागेका टिपर चालक काभ्रे महाभारत घर भई हाल काभ्रे साँगा बस्ने बर्ष ३० को सिद्धिमान तामाङ र बा ३ ख २५३१ नं. को ट्रिपरलाई काठमाडौं तिनकुनेबाट नियन्त्रणमा लिएको छ । टिपर चालक र टिपरलाई महानगरीय प्रहरी वृत्त जगातीमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
भक्तपुर टिपर पैदल यात्री