News

‘चार्ली फोक्स्टर’अपरेशनको फन्दामा परे चिनियाँ, धनाढ्य र एकल महिला टार्गेटमा

‘चार्ली फोक्स्टर’अपरेशनको फन्दामा परे चिनियाँ, धनाढ्य र एकल महिला टार्गेटमा

काठमाडाैँ – नेपालमा पक्राउ परेका १२२ जना चिनियाँ आफ्नै देशका धनाढ्य र एकल महिलाबाट रकम लुटन् खाेज्न गरी तयारी गरिरहेकाे रहस्य खुलेको छ। स्वदेशभन्दा नेपालमा बसेर अनलाइनमार्फत ठगी गर्नका लागि उनीहरु सक्रिय भएको अनुसन्धानबाट खुलेकाे प्रहरीले जनाएकाे छ।

 चीन र नेपालको संयुक्त अपरेशनमा उनीहरुलाई पक्राउ गरिएकाे नेपाल प्रहरीले स्वीकार गरेको छ । यो अपरेशनलाई ‘चार्ली फोक्स्टर’ नाम दिइएको छ । पर्यटक भिसामा प्रवेश गरेर नेपालमा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भएको आरोपमा उनीहरु पक्राउ परेका हुन्। 

प्रहरीको  केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), अपराध अनुसन्धान महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले काठमाडौैंको मनमैजु, बूढानीलकण्ठ र महाराजगन्ज क्षेत्रबाट पक्राउ गरेको हो। उनीहरुलाई तारकेश्वर १ मनमैंजु, महाराजगन्ज  बुढानीलकण्ठ ३ का ९ वटा घरमा छापा मारी पक्राउ गरिएको थियो।

चिलीको सान्टियागोमा भएको इन्टरपोलको ८८ औं महासभामा एनसीबी बेइजिङ र एनसीबी काठमाडौंका प्रमुखबीच सीमापार साइबर अपराधबारे जानकारी आदानप्रदान गरेअनुसार नेपाल प्रहरीले सूचना विकास गरेको थियो। त्यसैअनुसार चिनियाँ प्रहरीको समेत सहयोगमा प्रहरीले ती चिनियाँलाई पक्राउ गरेको हो। 

उनीहरुकाे साथबाट ७४७ थान मोबाइल, ३३१ थान ल्यापटप, ९८ थान सीपीयु, ९९ थान मोनिटर, २२ थान पेनड्राइभ, ३२७ थान सिमकार्ड र ६७ वटा पासपोर्ट बरामद भएको थियो। पक्राउ गर्ने क्रममा उनीहरुले महिला प्रहरीमाथि समेत दुव्र्यवहार गरेको प्रहरीले जनाएको छ। 

विशेष