News मनोरञ्जन

गायक रामकृष्ण ढकालको सम्बन्ध विच्छेद, सामाजिक संजालमा दुःखै दुःख 

गायक रामकृष्ण ढकालको सम्बन्ध विच्छेद, सामाजिक संजालमा दुःखै दुःख 


लामो समयदेखि तनावमा रहेका गायक रामकृष्ण ढकालको पत्नी निलम शाहसँग सम्बन्ध विच्छेद भएको छ । आपसी असमझदारी र लालिगुराँस सहकारीसँगको ऋणसम्बन्धि मुद्दाका कारण यो दम्पति केही समयदेखि तनावमा थियो । 

रामकृष्ण र निलमले बुधबार जिल्ला अदालत काठमाडौंमा गएर सम्बन्ध विच्छेद गरेका हुन् । मंगलबार निलमले अदालतमा सम्बन्ध विच्छेद गरी पाऊँ भनी निवदेन दिएकी थिइन् ।

काठमाडौं जिल्ला अदालतका अनुसार उनीहरु कानुनी रुपमा नै अलग हुन सहमत भएका हुन्। न्यायाधीश विदुर कोइरालाको इजलासले बुधबार पेस भएको निवदेनउपर सुनुवाई गर्दै दुवैलाई सहमतिमा अलग हुने फैसला सुनाएको हो। निलमले मंगलबार निवदेन दिएपछि बुधबार रामकृष्णले पनि आफू सम्बन्ध विच्छेद गर्न सहमत भएको अदालतलाई बताएका थिए । 

ढकाल दम्पत्तिको सम्बन्ध विच्छेदको खबर सामाजिक संजालमा सनसनीपूर्ण भएको छ । ढकालका प्रशंसकसहित सर्वसाधारण र बिभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुले ढकालको सम्बन्ध विच्छेदप्रति दुःख व्यक्त गरेका छन् । 
 

विशेष