News

गुट-उपगुटले ग्रस्त कांग्रेस

गुट-उपगुटले ग्रस्त कांग्रेस

काठमाडौँ। पार्टीलाई गुटमुक्त बनाउँदै विधि र विधान अनुसार सञ्चालन गर्ने प्रतिबद्धतासहित शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएको चार वर्ष पूरा हुन लागेको छ।

विधानको अतिरिक्त सुविधा प्रयोग नगर्ने हो भने देउवाको चार वर्षे कार्यकाल फागुनमा सकिन्छ। तर एक वर्ष समय थप गर्ने समझदारी पार्टीभित्र निर्माण गरिसकेका देउवाले निर्वाचित भएपछिका दिनमा गुटबन्दी अन्त्य त परैको कुरा भयो विधि अनुसार पार्टी चलाउन पनि सकेनन्।

१३औं महाधिवेशन अन्त्यसँगै अर्को महाधिवेशनको जोडघटाउ र नेतृत्वका लागि आन्तरिक प्रतिस्पर्धा सुरु हुँदा कांग्रेसमा उल्ट्टै गुटबन्दी झागिन पुग्यो। जसले गर्दा पार्टी पनि विधिअनुसार चल्न सकेन। आधा दर्जन गुट, त्योभन्दा धेरै उपगुट र समूह कांग्रेसमा सक्रिय हुँदा केन्द्रदेखि गाउँसम्मको संगठन विभाजित भएको छ।

केन्द्रीय र जिल्ला समितिबाहेक पार्टीका सबै निकाय र अंग निष्क्रिय बनिरहेका बेला १४औं महाधिवेशनको कार्यतालिकालाई लिएर केन्द्रीय समिति पनि अनिर्णीत बन्न पुगेको छ।  आजको नागरिक दैनिकमा बालकृष्ण अधिकारीले लेखेका छन।  

काँग्रेस गुट उपगुट

विशेष